
प्रतीक्षा खनाल (इमेज)
काठमाडौं, असार १३ । नेपालको विकासमा आफ्नो मुलुकले गरेको सहयोगकाबारेमा विदेशी राजदूतहरु पछिल्लो समय आक्रामक प्रचार–प्रसारमा लागेका छन् ।
राजदूत वा नेताहरुले बोल्दा नेपालको कतिपय आन्तरिक मामिलामासमेत टिप्पणी आउने गरेको छ । तर, यस विषयमा नेपाल सरकार भने मौन देखिएको छ ।
नेपालको विकासको कुरा होस् वा राजनीतिक परिवर्तनको । संविधानका प्रावधान हुन् वा शान्ति–प्रक्रियाका कुरा ।
विदेशी राजदूत तथा नेताले बेलाबेलामा टिप्पणी गर्दै आएका छन् । जुन कतिपय अवस्थामा विवादित बन्ने गरेको छ भने धेरैजसोमाचाहिँ नेपाल सरकार चुपचाप बस्ने गरेको छ ।
पछिल्लो समय अमेरिका र चीनका राजदूत आफ्नो मुलुकले नेपालमा गरेको सहयोगका विषयमा सामाजिक सन्जालमार्फत् प्रतिस्पर्धी बनेका छन् ।
Kathmandu Valley Preservation Trust, with US support, restored 17th-century water elements – Bhandarkhal Tank & Tusha Hiti – to their traditional state. Now these landmarks are open to the public, attracting tourists and strengthening local businesses. #AFCP #CloseWhereItCounts pic.twitter.com/SPB068Q9vp
— Ambassador Randy Berry (@USAmbNepal) June 26, 2019
The Biggest Hydropower Project In Nepal Under Construction by Sinohydro Corporation LTD.
नेपालमा निर्माण भइरहेका जलवीद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो आयोजना चीन जलविद्युत संस्थाले गरेको हो । pic.twitter.com/TVgX20gaE5— Ambassador Hou Yanqi (@PRCAmbNepal) June 25, 2019
We handed over 4 schools today, totaling 13 so far this year! Proud of @USAIDNepal‘s efforts to support #Nepal Govt’s vision to #buildbackbetter & thankful to @NRANepal CEO Gyewali for his participation in the handover ceremony in Sindhupalchok. #CloseWhereItCounts pic.twitter.com/X5XTic4ObL
— Ambassador Randy Berry (@USAmbNepal) May 23, 2019
विकासका कुरामात्र होइन, नेपालको संविधानले चिन्दै नचिन्ने हिन्दू अधिराज्यका विषयमा अघिल्लो साता भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको टिप्पणी आयो ।
यसैगरी, धर्मकै विषयमा अमेरिकाकोसमेत प्रतिवेदन सार्वजनिक भयो ।
नेपालको शान्ति–प्रक्रियाकाबारेमा त ‘युएन’लगायतका धेरै राष्ट्रको बेला–बेलामा कडा टिप्पणी आइरहन्छ ।
नेपालीहरु सामाजिक सन्जालमा व्यस्त रहने गरेकाले राजदूतहरुले सामाजिक सन्जालमार्फत् कूटनीतिको अभ्यास थालेका छन् ।
#DidYouKnow? Some of Nepal’s most noteworthy infrastructure–the 22km Dhorsing-Chisapnai-Chandragiri-Ktm Ropeway; Balaju Industrial District; & over 120 roads, bridges, & schools were built with US support, creating employment & boosting local economies. #CloseWhereItCounts pic.twitter.com/DkJ6Nl6RST
— Ambassador Randy Berry (@USAmbNepal) June 22, 2019
City asleep at night, rehabilitation of Runway and Taxiway of TIA are in full swing! My respect to all the Chinese and Nepali stakeholders for this crucial project. Wish a great success!
म सम्पूर्ण नेपाली र चिनियाँ साथीहरुलाई आदरका साथ यस कार्यको सफलताको शुभकामना ब्यक्त गर्छु। pic.twitter.com/RwYAoEpPee— Ambassador Hou Yanqi (@PRCAmbNepal) June 23, 2019
विशेषगरी अमेरिकी राजदूत र्यान्डी बेरी र चिनियाँ राजदूत हउ यान्छीले नेपालमा आफ्नो मुलुकले गरेका कामको चर्चा सामाजिक सन्जालमार्फत् गर्ने गरेका छन् ।
अमेरिकी राजदूत ट्वीटरमा एकदमै सक्रिय भएपछि केही दिनअघि चिनियाँ राजदूत यान्छीले पनि ‘अकाउन्ट’ खोलिन् ।
अमेरिकी राजदूत बेरीले पदभार सम्हालेदेखि नै खानेपानी, मातृ तथा बालस्वास्थ्य, कृषिलगायतका क्षेत्रमा गरिएको सहयोगकाबारेमा फोटो तथा भिडियोसमेत राखेर ट्वीट गर्दै आएका छन् ।
By constructing 147 water supply systems in 2018, @USAID provided access to clean drinking water to over 36,000 people living in remote areas of #Nepal. #CloseWhereItCounts pic.twitter.com/uZprDGPzWx
— Ambassador Randy Berry (@USAmbNepal) April 19, 2019
उनले ह्यासट्याग क्लोजह्वेरइटकाउन्ट (#CloseWhereItCounts) मार्फत् अभियानकैरुपमा अमेरिकाले नेपाललाई गर्दै आएको सहयोगको चर्चा गर्ने गरेका छन् ।
अप्रिल ३ मा बेरीको ट्वीटमा अमेरिकाले नेपाललाई गर्दै आएका सबै सहयोग ऋण नभइ अनुदान भएको र अमेरिका नेपालका लागि सबैभन्दा ठूलो दाता भएको उल्लेख थियो ।
The U.S. is the largest bilateral donor to #Nepal. And all our projects are grants NOT loans. #CloseWhereItCounts
— Ambassador Randy Berry (@USAmbNepal) April 3, 2019
यता, चिनियाँ राजदूतको ट्वीटले चीनसँगको सहकार्यले नेपाललाई फाइदा पुगेको सन्देश प्रवाह गर्न खोजिएको छ ।
चिनियाँ राजदूत यान्छीले नेपालमा चिनियाँ सहकार्यबाट निर्माणाधीन हाइड्रोपावर, धानको उन्नत बाली विकासमा चीनसँगको सहकार्यलगायतका विषयमा चर्चा गरेकी छन् ।
Late monsoon, but never absent ! Wish a good harvest for our Nepali friends, and fruitful hybrid rice cooperation between China and Nepal !
वर्षा यामको समयमा, हामी नेपाली मित्रहरूलाई उन्नत बाली तथा चीन र नेपालबीच विकासे धान (खेती)को सहकार्य सफल होस् भन्ने कामना गर्दछु ! pic.twitter.com/wzRPpvMqLh— Ambassador Hou Yanqi (@PRCAmbNepal) June 22, 2019
राजदूतहरुको सामाजिक सन्जालमा देखिएको सक्रियतालाई चीनको ‘बीआरआई’ र अमेरिकाको ‘इन्डोप्यासेफिक’ रणनीतिको प्रचार–प्रसारकारुपमासमेत लिने गरिएको छ ।
त्यतिमात्र होइन, हालै एकजना चिनियाँ मूलका अमेरिकी नागरिकलाई नेपाल सरकारले विमानस्थलबाटै फर्काइदिएको घटनाकाबारेमा पनि अमेरिका र चीनबीच अघोषित वाकयुद्ध सुरु भएको छ ।
नेपालको आन्तरिक तथा अन्य जुनसुकै मामला किन नहोस्, विदेशी राजदूत वा नेताबाट आउने टिप्पणीप्रति नेपाल सरकार सजग हुनैपर्छ ।
तर, पछिल्लो समय राजदूत तथा नेताहरु आक्रामक बन्दै जाँदा नेपाल सरकार भने मौन बस्नुले ठीक सन्देश दिइरहेको छैन । यसैगरी अगाडि बढे नेपाल विदेशी स्वार्थको चेपुवामा पर्नसक्ने विश्लेषकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्