
काठमाडौं, असार १३ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सन्चालन गरेको तीनमहिने ट्राफिक व्यवस्थापन तथा प्रदूषण अभियान सफल भएको निष्कर्ष निकालेको छ ।
ट्राफिक प्रहरीले गएको चैत २१ गतेदेखि काठमाडौं उपत्यकामा सवारी प्रदूषण नियन्त्रण, ‘अन्डरपास’ सन्चालन, सडक रेखांकन, पार्क तथा फुटपाथ अतिक्रमण, बस बिसौनी नियमनजस्ता अभियान चलाएको थियो ।
शुक्रबार काठमाडौंमा आयोजित समीक्षात्मक कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले सन्चालन गर्ने अभियानमा सरोकारवाला सबैले सहयोग गरेको बताए ।
कारबाहीमात्रै कुनैपनि समस्याको समाधान नभएको भन्दै उनले सबैले अनुशासन पालनामा जोड दिनुपर्ने बताए ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले तीनमहिने अभियानकाक्रममा सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरी सफल भएको दाबी गरे ।
कार्यक्रममा यातायात व्यवसायसँग सम्बद्ध संघ–संस्थाका पदाधिकारीको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्