डडेल्धुरामा ट्राफिक कारवाहीबाट लाखौं राजस्व संकलन • Image Khabar Image Khabar


डडेल्धुरामा ट्राफिक कारवाहीबाट लाखौं राजस्व संकलन


Imagekhabar
३० भाद्र २०७७, मंगलवार १५:४१

डडेल्धुरामा ट्राफिक कारवाहीबाट लाखौं राजस्व संकलन

डडेल्धुरा, भदौ ३० । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले आर्थिक बर्ष २०७६/७७ मा २० लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

राजमार्ग सडकमा चेकजाँचका क्रममा ट्राफिक नियम उल्घंन गर्ने सवारी साधनलाई कारवाही गरी उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब निरिक्षक देब बहादुर खत्रीले जानकारी दिनुभयो ।

कारवाहीमा पर्नेमा जम्मा ३ हजार पाँच सय ९६ सवारी साधन छन् ।

धेरै जसो सवारी चालकले नियम उल्लंघन गर्ने गरेका र परिस्थितिजन्य आदेशको अवज्ञा गर्नेलाई कारवाही गरिएको निरिक्षक खत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्