६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


बाराको सिमरास्थित क्लासिकल इन्डस्ट्रिज प्रालिमा आगलागी (भिडियो)


0
Shares

बारा, असार १३ । बाराको सिमरास्थित क्लासिकल इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ ।

जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं. ४ सिमरामा रहेको सो उद्योगमा गएराति आगलागी हुँदा ठूलो क्षति भएको हो । उद्योगको भट्टी सञ्चालनका लागि राखिएका दाउरामा आगो सल्किँदा भयावह रुप लिएको थियो ।

आगलागीबाट उद्योगका विभिन्न उपकरण जल्नुका साथै म्याट्रेस बनाउन प्रयोग हुने कच्चा पदार्थ र भट्टी आसपासका फलामे ट्रष्ट पनि जलेर नष्ट भएका छन् । आगलागीबाट उद्योगमा करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

राति साढे १० बजे उद्योगको भट्टीबाट सुरु भएको आगलागी आज बिहान ६ बजेमात्रै नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

स्थानीय, प्रहरी, नेपाली सेना र ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

भिडियो हेर्नुहोस्