१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


च्याउ खेतीबाट मालामाल, वैदेशिक रोजगारी छाडेर फर्किदैं युवा


0
Shares

पाल्पा, असार १३ । वैदेशिक रोजगारी छाडेर पाल्पाका युवा च्याउ खेतीमा लागेका छन् । च्याउबाट मनग्य आम्दानी हुन थालेपछि युवाहरु च्याउ खेतीमा आकर्षित भएका हुन् ।

पाल्पाका प्रत्येक स्थानीय तहमा ५ सय युवालाई च्याउ उद्यमी बनाउने योजनाका साथ केशव कार्की व्यावसायिक च्याउ खेतीमा लागेका छन् । प्रत्येक स्थानीय तहका ५ सय च्याउ उद्यमीबाट दैनिक २ टनका दरले च्याउ उत्पादन गराउने अभियान अनुसार कार्कीले काम गर्दै आएका हुन् ।

कार्कीले वार्षिक २ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउने गरी विदेशिएका युवालाई च्याउ खेती गर्न स्वदेश फर्काएका छन् । कार्कीसँग अहिले विदेशबाट फर्किएका दुई सय युवा व्यावसायिक च्याउ खेतीमा जोडिएका छन् ।

२०६५ सालमा तानसेन बजारमा च्याउ किन्न नपाएपछि च्याउ खेतीमा लागेका केशवले १० वर्षको अवधिमा दुई सय युवालाई च्याउ उद्यमी बनाइसकेका छन् ।