१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


हिमालयन बैंकको सुकेधारामा शाखा विस्तार


0
Shares

काठमाडौं, असार १२ । हिमालयन बैंकले आफ्नो ५९औं शाखा काठमाडौंस्थित सुकेधारामा विस्तार गरेको छ ।

सो शाखाको बिहीबार बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्घाटन गरे ।

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रयमासको अन्त्यसम्म एक खर्ब १२ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ५३ करोड लगानी गरेको जनाएको छ ।

बैंकले चालू वर्षको ९ महिनासम्म दुई अर्ब ८६ करोड ५४ लाख सन्चालन मुनाफा गरेको जनाएको छ ।

हाल बैंकको एटीएम संख्या १२० र विप्रेषण भुक्तानी काउन्टर १३ हजार ५०० बढी रहेको बैंकले जनाएको छ ।