Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


एकदिवसीय क्रिकेट वरीयतामा नेपाल एक स्थान झर्‍यो


0
Shares

काठमाडौं, असार १२ । एकदिवसीय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय क्रिकेटको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।

आइसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १५औं स्थानमा रहेको छ । नयाँ वरीयतामा नेपालले १५२ अंक पाएको छ ।

ट्वेन्टी–२० वरीयतामा भने नेपाल ११औं स्थानमा यथावत् रहेको छ ।

आइसीसीको नयाँ एकदिवसीय वरीयताको शीर्ष स्थानमा भारत, दोस्रोमा इंग्ल्यान्ड, तेस्रोमा न्यूजिल्यान्ड, चौथोमा अष्ट्रेलिया र पाँचौंमा दक्षिण अफ्रिका रहेका छन् ।