
बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, असार ३२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुलीलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ गरको छ ।
अख्तियारको बुटवलस्थित क्षेत्रीय कार्यालयको टोलीले सोमबार पराजुलीलाई दुई लाख ८० हजार रुपैयाँ घुस रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग दुई लाख ८० हजार लिँदैगर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्