
डोलराज रानाभाट (ईमेज)
चितवन, भदौ २८ । भिजिट नेपाल २०२० उद्घाटनका दिन सौराहामा छुट्टै रौनक थियो ।
सरकारले घोषणा गरेको कार्यक्रम सफल पार्न वैँकबाट ऋण लिएर लगानी थपेका पर्यटन व्यसायीहरु गत चैत्र ११ देखि व्यवसाय ठप्प भएपछि अहिले ठूलो समस्यामा रहेको बताएका छन् ।
न पर्यटक न अन्य वैकल्पिक आम्दानीको बाटो । एकातिर आम्दानी शुन्य अर्कोतर्फ बैँकको व्याज र घरभाडाको कचकच ।
ठूलो समस्यामा परेका व्यवसायीको गुनासो सरकारले नसुनेको उनीहरुको गुनासो छ ।
कृष्ण गिरी रेष्टुरेन्ट संचालक हुनुहुन्छ । सौराहाको मुख्य मुटुमा उहाँको रेष्टुरेन्ट छ ।
साँझपख रेष्टुरेन्ट अगाडी क्याट वाकमा गैडा हिन्थ्यो ।
त्यसैको मज्जा लिदै उहाँको रेष्टुरेन्टमा अमेरिका, म्याक्सीको, इटालीबाट आएका पर्यटक खचाखच हुन्थे ।
अहिले गिरी ती दिन सम्झदै दिन विताउन बाध्य छन् ।
सामान्य अवस्थाको वेला पाहुनाले दिएका सुझाव र प्रतिक्रियाले मख्ख पर्ने अनि आम्दानी पनि सोचजस्तो, तर ६ महिनादेखि घरवेटीको भाडा कचकच र वैँकले माग्ने किस्ताले गिरीलाई तनाव मात्रै सृजना गरेको छ ।
सधैँ काठमाण्डौ सौराहा गर्ने वसहरु लामो समय थन्किएका छन् भने महिनाको ५ देखि ६ सय पर्यटकहरुलाई सेवा दिएको होटल सुनसान छन् ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नेगरी व्यवसाय संचालनको अनुमति सरकारले नदिए व्यवसायबाटै पलायन हुने डर रहेको छ ।
अर्का होटल व्यवसायी रमेशचन्द्र रेग्मीलाई पनि व्यवसायबाट पलायन हुन पर्ने होकी भन्ने डर छ । न आन्तरिक पर्यटक न वाह्य ।
सरकारले किस्ता र व्याजको छुट दिने व्यवस्था गरिदिएको भए सास फेर्न केही सजिलो हुने भएपनि लगानी डुब्ने खतरा भएपनि सरकारले केही नगरदिएको गुनासो गर्नुहुन्छ ।
आन्तरिक र वाह्य उडान नियमित नगर्दा सम्म सौराहको पर्यटक क्षेत्र उकासिने कुनै आशा नगर्दा हुने बताउँदै भोट माग्ने घरघर आउने नेता मन्त्री व्यवसायीलाई परेको यो मारमा चुईक्क सम्म नवालेको गुनासो व्यवसायीको छ ।
व्यवसायी पूर्ण रिजाल कोरोना संक्रमण रोक्ने प्रशासनको नीति अव्यवहारिक भएको बताउनुहुन्छ ।
१० देखि ४ बजे पसल खोल्न अनुमति दिएपनि अन्य क्षेत्र सुनसान हुँदा खोल्नु वन्द हुनु एउटै भएको उहाँको भनाई छ ।
आन्तरिक र वाह्य उडान नियमित नगर्दा सम्म सौराहको पर्यटक क्षेत्र उकासिने कुनै आशा नगर्दा हुने बताउँदै भोट माग्ने घरघर आउने नेता मन्त्री व्यवसायीलाई परेको यो मारमा चुईक्क सम्म नवालेको गुनासो व्यवसायीको छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले यो मौसम पर्यटक आगमनका लागि उर्वर रहेको भन्दै त्यत्तिकै खेर जानेमा चिन्तित हुनुहुन्छ ।
वाह्य पर्यटक नभएपनि आन्तरिक पर्यटक भित्राउन छुटको कार्यक्रम ल्याउने गरी छलफल भएको बताउनुभयो ।
साना ठूला गरी सौराहामा मात्रै करिव १२० वटा होटल छन् भने करिव ३० अर्वको लगानी छ ।
त्यस्तै ५७ वटा रेष्टुराँहरु छन् । ती सवैको गेटमा अहिले ताल्चा झुण्डिएको छ ।
६ महिनादेखि ठप्प हुँदा व्यवसायी मात्रै होइन रोजगार पाएका ५०० मजदुर पनि समस्यामा छन् ।
जुन जुलाई अगष्ट पर्यटक आगमनको सुनौलो महिना हो भने सेम्टेम्वरबाट युरोपिएनहरु प्नि थपिने गर्दथे ।
संरचनामा भएको लगानी च्वाट्टै छोड्न सक्ने परिस्थिती पनि छैन ।
सरकारले लकडाउन र निषेधाको म्याद थपिरहेको छ भने व्यवसायीहरु होटल रेष्टुरेन्ट खुल्ने आशाको म्याद थपिरहेका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्