१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


‘मर्जर’ र ‘एक्विजिसन’मा कठोर बन्ने राष्ट्र बैंकको संकेत


0
Shares

काठमाडौं, असार १२ । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिअगाडि नै ठूला बैंकलाई ‘मर्जर’सम्बन्धी समझदारी बनाउन आग्रह गरेको छ ।

केन्द्रीय बैंकले बिहीबार बैंकर्स संघ, वाणिज्य बैंकका अध्यक्षहरु एवं प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरी आगामी नीतिले मर्जर र ‘एक्विजिसन’लाई प्राथमिकता दिने जनाएको हो ।

केन्द्रीय बैंकले मर्जरलाई प्रोत्साहन गर्न सहुलियतको व्यवस्था गर्ने जनाएको बैठकमा सहभागी एक अध्यक्षले जानकारी दिए ।

राष्ट्र बैंकले बैंकहरुबीच मर्जर अत्यावश्यक रहेको ठहर गर्दै एकापसमा मिलेर मर्जरमा जान आग्रह गरेको छ ।

राष्ट्र बैंकले धेरै बैंकहरु मर्जरमा जान इच्छुक नदेखिए ‘फोर्स मर्जर’को व्यवस्था ल्याउन बाध्य हुने संकेतसमेत गरेको स्रोतले जनाएको छ ।

केन्द्रीय बैंकले बिहीबारै फाइनान्स कम्पनीहरुलाई पनि छलफलका लागि बोलाएको थियो ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आर्थिक वर्ष २०७६/७७ को बजेटमा राखिएका बैंक तथा वित्तीय संस्थाहरु एकापसमा गाभ्ने नीति र बैंकिङ तथा वित्तीय वा बिमा व्यवसायको मर्जरमा करछुट तथा सुविधाको अवधि थपिएको विषयमा छलफल गरिएको बताए ।

केन्द्रीय बैंकले यही असार २७ गते मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ ।