२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


युरोपेली मुलुकहरुमा गर्मीले जनजीवन प्रभावित


0
Shares

काठमाडौं । बढ्दो तापक्रमले युरोपका विभिन्न मुलुकको जनजीवन प्रभावित भएको छ ।

जर्मनी, पोल्यान्ड र चेक–रिपब्लिक देशमा जुन महिनामा अहिले सम्मकै सबैभन्दा धेरै तापमान रेकर्ड भएको छ ।

जर्मनीमा ३८ दशमलब ६, पोल्यान्डमा ३८ दशमलब २ र चेक–रिपब्लिकमा ३८ दशमलब ५ डिग्री तापक्रम रेडर्क गरिएको छ ।

ती देशमा  तापक्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

फ्रान्स र स्वीजरल्याण्ड लगायतका मुलुकमा बिहिबार ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने सम्भावना छ ।

मौसमविद्हरुले उत्तर अफ्रिकाबाट तातो हावा बहेको र त्यो युरोपियन हिटवेभमा परिणत भएको जनाएका छन् ।

फ्रेन्च अधिकारीहरुले गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सर्बसाधारणलाई सचेत गराएका छन् ।

स्पेनिस अधिकारीहरुले पनि बढ्दो गर्मीले जंगलमा आगो लाग्न सक्ने जनाएका छन् ।

युरोपेली मुलुकहरुमा बढ्दै गएको तातो साताको असर अन्त्यतिर अझ बढ्न सक्ने मौसमविद्हरुले अनुमान गरेका छन् ।

जर्मनीमा बुधबार तापक्रम ३८ दशमलब ६ डिग्रीसम्म मापन गरिएको थियो ।

स्पेनको उत्तर पूर्वी भागमा भोलि शुक्रबार ४५ डिग्री सम्म तापक्रम पुग्ने अनुमान गरिएको छ । गर्मीका कारण फ्रान्सका कतिपय विद्यालयले परीक्षा सारेका छन् ।

बेलायतमा भने गर्मी केही कम छ । शनिबार त्यहाँको तापक्रम ३० डिग्री पुग्ने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तनका कारण नै युरोपमा यो अवस्था उत्पन्न भएको सम्बद्ध विज्ञहरुको भनाइ रहेको बीबीसीले जनाएको छ ।