Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


वडाध्यक्षले रातो किताव च्याते, महानगरको मुलगेटमै तालाबन्दी र नाराबाजी


0
Shares

-प्रदिप पौडेल/ईमेज

पोखरा । बजेटमा विभेद गरेको आरोप लगाउँदै पोखरा महानगरपालिकामा निर्वा्चित काँग्रेसतर्फका जनप्रतिनिधिहरु आन्दोलित छन् ।

बुधबार नगरसभाको अन्तिम समयमा रातो किताव च्यातेर बाहिरिएका उनीहरुले विहिबार महानगरको मुलगेटमै तालाबन्दी गर्दै नाराबाजीमा उत्रेका थिए ।

आन्दोलनमै उत्रिनुपर्ने कारण के प¥यो ? काँग्रेस तर्फका महानगर सचेतक रामराज लामिछाने बजेट वितरण समानुपातिक नभएको काँग्रेसका प्रतिनिधिहरुको आरोप छ । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचलाई केन्द्रीत गरेर बजेट विनियोजन गरेको अर्का वडाध्यक्ष शंकर बास्तोलाले बताए ।

काँग्रेसको विरोधकै बाबजुत महानगरको बजेट बुधबार नै बहुमतले पारित भएको छ ।

पोखरा महानगरले ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको थियो ।  बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको थियो ।

१ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना काँग्रेसका सदस्य छन् भने बाँकी सबै नेकपातर्फका हुन् ।

मेयर मानबहादुर जिसीले चाहीँ बजेटमा कुनै विभेद नभएको दावी गरेका छन् ।

पोखरा महानगरपालिकामा बजेटले विभेद गरेको भन्दै काँग्रेसतर्फका नगरसभाका सदस्यहरुले विरोध गरेका छन् ।