६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


मुस्लिम अधिकार प्राप्तिको लागि जुनसुकै त्याग गर्न आयोग तयार छौंः अध्यक्ष अन्सारी


0
Shares

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले मुस्लिम अधिकार प्राप्तिको लागि जुनसुकै त्याग गर्न आयोग तयार रहेको बताएका छन् ।

मुस्लिम समुदायको हक, हितको संरक्षण, सम्बद्धन सशक्तिकरण सम्बन्धमा हिजो ललितपुरमा भएको कार्यक्रममा उनले मुस्लिम समुदायको अधिकारको पक्षमा आयोगले आवाज उठाइ रहने बताए ।

सबैको सहयोग र प्रयासबाट संवैधानिक मुस्लिम आयोग सम्भव भएको भन्दै  शिक्षा, स्वास्थ्य, रोजगार र राज्यका प्रत्येक निकायमा मुस्लिम सहभागिता आयोगको लक्ष्य रहेको बताए ।

उनले मुस्लिम समुदायको मदरसा शिक्षालाई राष्ट्रिय मान्यता प्रदान गर्नको लागि आयोगले भूमिका खेल्ने बताए ।

शहरी बिकास मन्त्री मोहम्मद इस्तिियाक राईले मुस्लिम हक हित र अधिकारको लडाईमा प्रमुख दलहरु अनुदार रहेको बताए ।

उनले पिछडिएको मुस्लिम समुदायको अधिकारका लागि सबै मुस्लिम सांसदहरुलाई पार्टीबाट माथि उठेर काम गर्न आग्रह गरे ।

कार्यक्रममा मानव अधिकारकर्मी मोहना अन्सारी, मुस्लिम सांसदहरु शेखचाँद तारा, कालिन खान, आयोगका सचिव शम्भुबहादुर खड्कालागयतले मुस्लिम समुदायको वर्तमान अवस्था र चुनौतिको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।