१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


प्रतिमतदाता ‘४ हजार ९२३ रुपैयाँ खर्च’


0
Shares

काठमाडौं, असार ३२ । गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनकाक्रममा १ खर्ब ३१ अर्ब ६३ करोड रुपैयाँ खर्च भएको निर्वाचन पर्यवेक्षण समितिले जनाएको छ ।

उक्त खर्चमध्ये नेपाल सरकारको तर्फबाट ३४ अर्ब ७२ करोड र उम्मेदवारहरु तथा उनीहरुका कार्यकर्ताबाट ९६ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको निर्वाचन पर्यवेक्षण समितिले जनाएको हो ।

समितिले निर्वाचन अभियान खर्चसम्बन्धी अध्ययन प्रतिवेदन सोमबार राजधानीमा सार्वजनिक गर्दै प्रतिमतदाता ४ हजार ९२३ रुपैयाँ खर्च भएकोसमेत जानकारी दियो ।

स्थानीय तहका लागि भएको निर्वाचन खर्च सम्बन्धमा अध्ययनका लागि काठमाडौं, मोरङ, दाङ र जाजरकोटलगायतका ३१ ओटा जिल्लामा अध्ययन गरिएको जनाइएको छ ।

अध्ययन प्रतिवेदनले प्रभावकारी मतदाता शिक्षामा जोड दिँदै बदर मत संख्या न्यून गर्ने उपाय अवलम्बन गर्नुपर्ने, निर्वाचन आचारसंहिताको पालनामा कडाइ गर्नुपर्नेलगायतका सुझावहरु पनि दिएको छ ।