
काठमाडौं । सदाबहार आधुनिक गीत गायनमा अब्बल बन्दै गएका गायक थिरज राईको नयाँ गीत ‘उदासी बनुँला भन्थें’को भिडियो सार्वजनिक भएको छ ।
प्रेमभावमा तयार भएको गीतको भिडियो पनि आकर्षक बनेको छ । नारायण गोपाल, फत्तेमान, बच्चु कैलाश, जस्ता हस्तीहरुको गीतबाट प्रभावित भएका थिरज ‘प्रेमवाद’मार्फत सांगितिक उचाइ लिदैं गएका गायक हुन । ‘प्रेमवाद’ अभियानमै उनका हजारौं फलोअर्स छन् ।
शुक्रबार सार्वजनिक भएको पछिल्लो गीतमा घनश्याम राईको शब्द तथा थिरजकै संगीत र एरेन्ज छ । गीतमा एसबी मुस्कानको रेकर्डिङ, किशोर थापाको मिक्सिङ छ ।
प्रेममा उदासी बनेको प्रेमी कसरी जोगीसमेत बन्न सक्छ भन्ने सन्देश दिन खोजेका छन् । काठमाडौं आसपासमा छायाकंन गरिएको भिडियो राम्रो बनेको छ ।
भिडियोमा जोन पुलामी मगर, अनिता थापा, अंशु गर्बुजा, अशोक लिम्बु, समय राई, एन्जोलिना मगर, रिचा राना मगर, भियान रेग्मी मगर फिचर्ड छन् ।
भिडियोमा दिनेश माङ्मुको कोरियोग्राफी, यमुना पौडेलको मेकअप, डम्बर राईको छायांकन, बिबी लिम्बुको सम्पादन र प्रकाश लिम्बुको निर्देशन छ ।
‘अघिपछि’, ‘कलियुग’ ‘निमन्त्रणा’ लगायतका एल्बम बजारमा ल्याइसकेका उनका ५० वटा भन्दा धेरै गीत तथा भजनहरु सुन्ने र मनपराउने विश्वका ४३ वटा मुलुकमा फलोअर्स छन् ।
उनले दुईसय भन्दा धेरै भजनमा शब्द तथा संगीत दिएका छन् । उनको आधुनिक गिती एल्बम ‘अघिपछि’ मा समेटिएको ‘यता टाले उता फाटछ’ र ‘यो डाँडाँले उनको गाउँ’ साथै ‘कलियुग’ एल्बमको ‘बोल्नेको पिठो विक्छ’ र ‘यो मायाको सागर’ वोलका गीत निकै चर्चित छन् ।
प्रतिक्रिया दिनुहोस्