काठमाडौं, असार ११ । एएफसी कप फुटबलमा नेपालको लिग च्याम्पियन क्लब मनाङ–मर्स्याङ्दी जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेलमा बुधबार मनाङ भारतको चेन्नाईन एफसीसँग ३–२ ले पराजित भयो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा चेन्नाईनलाई जिताउन मोहमद राफीले दुई तथा इला साबिया फिल्होले एक गोल गरे । मनाङका आफिज ओलावालेले दुई गोल फर्काए ।
यो हारसँगै समूह ‘ई’को मनाङले ६ खेलबाट २ अंकमात्र जोड्यो । मनाङले ४ खेलमा हार व्यहोर्दा दुई खेलमा बराबरी गरेको थियो ।
यो समूहबाट बंगलादेशको ढाका अबहानी लिमिटेडले दोस्रो चरणमा स्थान बनाएको छ । ढाकाले ६ खेलबाट १३ अंक जोडेको थियो ।








प्रतिक्रिया दिनुहोस्