भारतमा विश्वकै ठूलो इन्जिन भएको २५०० सीसीको बाइक, नेपाली बजारमा कहिले ? • Image Khabar Image Khabar


भारतमा विश्वकै ठूलो इन्जिन भएको २५०० सीसीको बाइक, नेपाली बजारमा कहिले ?


Imagekhabar
२७ भाद्र २०७७, शनिबार ०९:१६

भारतमा विश्वकै ठूलो इन्जिन भएको २५०० सीसीको बाइक, नेपाली बजारमा कहिले ?

काठमाडौं । मोटर र बाइकको हब नै मानिने भारतमा नयाँ शक्तिशाली बाइक बजारमा आएको छ । ट्रायम्फ मोटरसाइकल इन्डियाले ट्रायम्फ रकेट ३ जीटी लन्च गरेको हो ।

१८ लाख ४० हजार भारु मूल्य तोकिएको बाइक २५०० सीसी, इनलाइन ३ सिलिन्डर इन्जिन समावेश छ ।

विश्वको सबैभन्दा ठूलो इन्जिन राखिएको बाइक बढी पिक टर्क जेनेरेट गर्न सक्ने क्षमता छ ।

६ स्पिड गियरबक्स रहेको यसमा राइडर र पछिल्लो भागको यात्रुका लागि एड्जस्टेबल फुटपेग्स र एड्जस्टेबल ब्याकरेस्ट राखिएको छ ।

महँगो गाडीमा जस्तै यसमा क्रुज कन्ट्रोल र हिल होल्ड कन्ट्रोल जस्ता फिचर समावेश छ । तर नेपाली बजारमा यो बाइक आउने सम्भावना छैन ।

भारतमा यही सिरिजको रकेट ३ आर १८ लाख भारुमा भारतमा विक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्