
काठमाडौं, असार ११ । अमेरिकामा पहिलोपटक नेपाली मूलकी कन्चन अमात्यले ‘राइस अवार्डस्–२०१९’ प्राप्त गरेकी छन् ।
अन्तर्राष्ट्रिय विकासमा नेतृत्व तथा नवीन पद्धतिको भूमिका निर्वाह गरेका कारण अमात्यलाई सोसाइटी फर इन्टरनेसनल डेभलपमेन्टले सम्मान प्रदान गरेको हो ।
अमात्य अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टनद्वारा प्रदान गरिएको ‘प्रेसिडेनसिएल अनर रोल अवार्ड’ र ‘एभ्रिडे योङ हिरो अवार्ड’बाटसमेत सम्मानित भइसकेकी छिन् ।
ललितपुरकी अमात्य हाल महिलाको आर्थिक सशक्तिकरणका लागि ‘युएन वुमेन ग्लोबल क्याम्पियन’मा कार्यरत् छिन् ।
प्रतिक्रिया दिनुहोस्