Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


मृत्यु संस्कारका लागि पाँच हजार दिने नगरसभाको निर्णय


0
Shares

हरि शर्मा (इमेज)

नवलपरासी, असार ११ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले मृत्यु संस्कारका लागि पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

नगरपालिकाको मंगलबार सम्पन्न पाँचौं नगरसभा बैठकको नीति तथा कार्यक्रममा उक्त कुरा समेटिएको छ ।

त्यसका लागि वार्षिक १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख भीमबहादुर थापाले बताए ।

३५ दिनभित्र मृत्यु दर्ता गराउने परिवारका सदस्यलेमात्र उक्त रकम पाउनेछन् । प्रतिमृतकवापत परिवारका सदस्यले सो रकम पाउने हुन् ।

विपन्न वर्गहरुका लागि लक्षित गरेर रकम विनियोजन गरिएपनि नगर क्षेत्रमा मृत्यु हुने सबैका लागि यो नियम लागू हुने नगरप्रमुख थापाले बताए ।

यो निर्णयले अतिविपन्न वर्गका परिवारलाई प्रत्यक्ष सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको छ । कसैले रकम लिन नचाहेमा उक्त रकम कोषमै रहनेछ ।

उक्त रकम मृत्यु हुने जुनसुकै उमेर समूहका परिवारका सदस्यलाई उपलब्ध गराइने जनाइएको छ ।

नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि कुल ९७ लाख २८ लाख बजेट विनियोजन गरेको छ ।