२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


इराकमा बम आक्रमण, पाँच प्रहरीको मृत्यु


0
Shares

बग्दाद, असार ११ । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी संघीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले उक्त जानकारी दिएका छन् ।

प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहले राखेको बम विस्फोटमा परी पाँचजना संघीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र आक्रमणकारीको खोजीकार्यमा लागेको बताइएको छ ।

इराकी सुरक्षा बलले सन् २०१७ को अन्त्यबाट अतिवादी आइएस आतंककारी समूहलाई देशभरि नै परास्त गरेपछि इराकको सुरक्षा अवस्थामा नाटकीयरुपमा नै सुधार आएको बताइन्छ ।

यद्यपि, ग्रामीण इलाकामा अझैपनि आइएस आतंककारीहरुले बारम्बार आक्रमण गर्दै आएको पाइन्छ । रासस/सिन्ह्वा