३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


मकवानपुरमा थप ५१ जनामा कोरोना पुष्टि


0
Shares

मकवानपुर । मकवानपुरमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडा– १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले जानकारी दिनुभयो ।

बिहीबार साँझ आएको परीक्षणको रिपोर्टमा हेटौडा उपमहानगरका ४२ जना, मकवानपुरगढी गाउँपालिकाका एक, राक्सिराङ गाउँपालिकाका ६, बकैया गाउँपालिकाका एक र सिन्धुली ठेगाना भएका एक जनामा कोरोना पुष्टि भएको हो ।

मकवानपुगढी गाउँपालिका–३ का वडाध्यक्षमा कोरोना पुष्टि भएको छ ।

यस्तै पश्चिम नवलपरासीको रामग्राम नगरपालिका परासीमा आज १६ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा अहिलेसम्म ३ सय ४७ संक्रमित भएका छन् ।