२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पानी परेपछि सर्लाहीका कृषक खुशी


0
Shares

सर्लाही । करिव एक महिनाको खडेरीपछि परेको पानीले सर्लाहीका कृषक खुशी भएका छन् ।

धेरै दिनदेखि पानी नपर्दा धाँजा फाट्न थालेको धान बालीलाई अहिले राहत पुगेको छ ।

बाला लाग्ने बेला भएको धानमा वर्षाले फाइदा पुग्ने र अझै एक पटक पानी पर्नुपर्ने कृषि ज्ञान केन्द्र, सर्लाहीका निमित प्रमुख देवानन्दन यादवले जानकारी दिनुभयो ।

सिँचाइको समस्या तत्काललाई टरेपनि मलखादको अभाव भने कायमै छ ।

नेपाली मल सहजै नपाउँदा कृषकले धान बालीमा कालोबजारीको भारतीय मल किनेर हालेका छन् ।

यस वर्ष राम्रो वर्षा भएकाले सर्लाहीमा झण्डै ४६ हजार हेक्टर खेतमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र, मलंगवाले जनाएको छ ।