
डडेल्धुरा । डडेल्धुराको दुर्गम बस्ती महाकाली किनारमा रहेको सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ ।
भुवनेश्वरी माध्यमिक विद्यालयमा नजिकैको बोर्डिङ स्कुल छोडेर सामुदायिक विद्यालयमा विद्यार्थीहरु भर्ना भएका हुन् ।
अभिभावक तथा शिक्षकहरुले नियमित अनुगमन गर्न थालेपछि पढाइको वातावरण बन्दै जाँदा गत शैक्षिक सत्रमा ५ सय ६२ जना विद्यार्थी रहेकोमा चालु शैक्षिक सत्रमा संख्या बढेर ७ सय ३१ पुगेको छ ।
अँग्रेजी माध्यममा पढाउन शुरु गरेसँगै नियमित खेलकुद, अतिरिक्त क्रियाकलाप र विद्यार्थीमैत्री वातावरण बनाउन अभिभावकहरुले नै पहल गरेपछि विद्यार्थीहरु भएको प्रधानाध्यापक डम्बरसिंह थ्वाल बताउँछन् ।
२०३० सालमा स्थापना भएको जिल्लाकै दुर्गमबस्ती परशुराम नगरपालिका वडा नं. ५ मा रहेको यो विद्यालयले वालविकासदेखि कक्षा १२ सम्म संचालन गरेको छ ।
शैक्षिकस्तरमा पनि सुधार भएकाले यो बर्ष शिक्षा मन्त्रालयले डडेल्धुराकै नमुना विद्यालयको रुपमा विकास गर्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्