कोरोना रोकथामका लागि काभ्रेका दुई स्थानीय तहलाई सवा करोड • Image Khabar Image Khabar


कोरोना रोकथामका लागि काभ्रेका दुई स्थानीय तहलाई सवा करोड


इमेजखबर
२५ भाद्र २०७७, बिहीबार १८:०२

कोरोना रोकथामका लागि काभ्रेका दुई स्थानीय तहलाई सवा करोड

काभ्रे, भदौ २५ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काभ्रेका दुई स्थानीय तहलाई वाग्मती प्रदेश सरकारले एक करोड १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रदेशको विपद् व्यवस्थापन निर्देशक समिको बैठकले धुलिखेल नगरपालिकालाई एक करोड तथा नमोबुद्ध नगरपालिकालाई १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त रकम आइसोलेसन सेन्टर स्थापना र कोरोना नियन्त्रण गर्नका लागि आवश्यक कार्यमा मात्र खर्चनुपर्ने सूचना अधिकारी मदनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिनाले विपद्को समयमा प्रदेशको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्