काठमाडौं । दावेदार क्यामरुनले अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
गएराती भएको समुह ‘एफ’ को खेलमा क्यामरुनले गिनी–बासुलाई २–० ले हरायो । क्यामरुनलाई विजयी गराउन याया बनाना र स्टेफेन बाहोकेनले एक एक गोल गरे ।
समुह एफ कै अर्को खेलमा घानाले बेनिनसँग २–२ गोलको बराबरी खेलेको छ ।
घानाका लागि आन्द्रे आयु र जोर्डन आयुले एक एक गोल गर्दा बेनिनका माईकल पोतेले दुई गोल फर्काए ।








प्रतिक्रिया दिनुहोस्