
-कल्पना बोहरा/ईमेज
अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नं.३ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको विद्यार्थीको मृत्यु भएको छ ।
से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र चार जना घाईते भएका छन् ।
मृत्यु हुने चौरपाटी गाउँपालिका वडा नं.२ का दशपल्ले माविवाट यस वर्ष एसई परिक्षा दिएको रमेश साउद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत कालि साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिए ।
ट्याक्टर चालक भने हाम फालेर ज्यान जोगाएका छन् । घाइतेलाई अस्पताल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्