पछिल्लो ५० वर्षमा जीवहरूको संख्यामा दुई तिहाइले कमी, संकटपुर्ण अवस्था आउने चोतावनी • Image Khabar Image Khabar


पछिल्लो ५० वर्षमा जीवहरूको संख्यामा दुई तिहाइले कमी, संकटपुर्ण अवस्था आउने चोतावनी


Imagekhabar
२५ भाद्र २०७७, बिहीबार १०:१७

पछिल्लो ५० वर्षमा जीवहरूको संख्यामा दुई तिहाइले कमी, संकटपुर्ण अवस्था आउने चोतावनी

काठमाडौं । वातावरणसम्बन्धी संरक्षणसम्बन्धी वैज्ञानिकहरूले सन् १९७० यता विश्वभर यस्ता जीवहरूको संख्या औसतमा ६८ प्रतिशतले कमी आएको जनाएको छ ।

विगत ५० वर्षमा चरा, माछा, स्तनधारी, उभयचर र घर्सने जनावरको विश्वव्यापी सङ्ख्या दुई तिहाइभन्दा बढी घटेको बिबिसीले जनाएको छ ।

वातावरणसम्बन्धी एउटा अग्रणी समूहले मानिसहरूले यसअघि कहिल्यै नगरेको दरमा प्रकृतिको विनाश गरिरहेको भन्दै चेतावनी दिएको छ ।

बिबिसीका अनुसार विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफले आफ्नो नयाँ प्रतिवेदनमा प्रकृतिको दोहन विगतमा कहिल्यै नभएको दरमा भएको जनाएको हो ।

विश्वभरका विभिन्न जङ्गलमा रहेका वन्युजन्तु, समुद्रमा रहेका जलप्राणी र घाँसेमैदानहरूमा रहने हजारौं जीवको अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ ।

वैज्ञानिकहरूले यो कमीलाई ’विध्वंसकारी’ भनी व्याख्या गरेका छन् ।

प्रतिवेदन लेखनमा सहभागीहरूले चाहिने भन्दा धेरै माछा मारिनु, जङ्गलमा डढेलो लाग्नु र वन्यजन्तुको बसोबास रहेको क्षेत्र विनाश हुनुजस्ता कारणले जीवनहरूको सङख्यामा गिरावट आएको र यो एकदमै डरलाग्दो भएको बताएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्