१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


भारतमा उप्रेती, मलेसियामा पाण्डे राजदूत सिफारिस


0
Shares

काठमाडौं, असार ३२ । सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उप्रेतीलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

उप्रेती दोस्रो संविधानसभा निर्वाचन हुँदा प्रमुख निर्वाचन आयुक्त थिए ।

यसअघि, भारतका लागि राजदूत रहेका दीपकुमार उपाध्याय गत आमनिर्वाचनमा राजीनामा दिएर चुनाव लड्न नेपाल फर्किएका थिए ।

यस्तै, मन्त्रिपरिषद बैठकले मलेसियाका राजदूतमा पूर्वराजदूतसमेत रहेका उदयराज पाण्डेलाई सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

सम्बन्धित देशको ‘एग्रिमो’ आइसकेपछि संसदीय सुनुवाइपश्चात् उनीहरुलाई राजदूत नियुक्त गरिनेछ ।