काठमाडौं, असार १० । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले आयोजक इंग्ल्यान्ड र अष्ट्रेलिया खेलिरहेका छन् ।
लर्ड्सको मैदानमा जारी खेल विजयका लागि इंग्ल्यान्डले २८६ रनको चुनौती पाएको छ ।
अष्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ७ विकेटको क्षतिमा २८५ रन बनायो ।
ओपनरहरु कप्तान आरोन फिन्च र डेभिड वार्नरले पहिलो विकेटका लागि १२३ रनको उत्कृष्ट साझेदारी गरे ।
फिन्चले कप्तानी इनिङ्स खेल्नेक्रममा १०० रन बनाए भने वार्नर ५३ रनमा आउट भए । स्टेभेन स्मिथ र एलेक्स क्यारीले अविजित ३८/३८ रनको योगदान गरे ।
इंग्ल्यान्डका क्रिस वोक्सले २ विकेट लिए ।
अष्ट्रेलिया साविक विजेता हो भने आयोजकका हैसियतले इंग्ल्यान्डलाई उपाधि दाबेदार मानिएको छ ।
विश्वकपमा २७ वर्षदेखि इंग्ल्यान्डले अष्ट्रेलियालाई हराउन नसकेको भएपनि घरेलु मैदानमा इंग्ल्यान्ड बलियो देखिएको छ ।
६ खेलबाट १० अंक जोडेको अष्ट्रेलिया अंकतालिकाको दोस्रो स्थानमा रहँदा ६ खेलबाट ८ अंक जोडेको इंग्ल्यान्ड चौथो स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्