विराटनगर, असार १० । विराटनगर महानगरपालिकाले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका लागि पाँच अर्ब १२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
‘हामी सबैको सहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ भन्ने नाराका साथ मंगलबार चौथो नगरसभामा नगरप्रमुख भीम पराजुलीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत् गरेका हुन् ।
प्रस्तुत् बजेटमध्ये महानगरपालिकाको आन्तरिक खर्चमा तीन अर्ब २९ करोड ४९ लाख, मझौला तथा एकीकृत सहरी वातावरणीय सुधार परियोजनामा एक अर्ब १२ करोड ३० लाख विनियोजन गरिएको छ ।
प्रदेश नम्बर–१ को राजधानीसमेत विराटनगर रहेकाले त्यसका लागि आवश्यक संरचना निर्माणसँगै विकास र समृद्धिका लागि पनि बजेट छुट्याइएको जनाइएको छ ।
सडक पूर्वाधारहरुको विकास तथा स्तरोन्नति, आधारभूत तथा माध्यमिक शिक्षा र त्यसको गुणस्तर सुधार, हरित विराटनगर र प्लास्टिक तथा ध्वनि प्रदूषणमुक्त विराटनगरजस्ता कार्यक्रमलाई बजेटमा महत्वका साथ समावेश गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्