प्रदीप पौडेल (इमेज)
पोखरा, असार १० । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सात अर्ब ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले मंगलबार पोखरामा बजेट प्रस्तुत् गरेकी हुन् ।
बजेटमध्ये प्रशासनिक खर्चतर्फ दुई अर्ब १५ करोड ४५ लाख रहेको छ भने पुँजीगत खर्चमा चार अर्ब ७० करोड ९९ लाख रुपैयाँ राखिएको छ ।
महानगरको पूर्वाधार, ‘कनेक्टिङ’ सडक, भवन निर्माण, खानेपानी, ताल संरक्षण, ‘स्मार्ट सिटी’, आकाशेपुल, पातलेछाँगामा सिसाको पुललगायतका कामलाई बजेट छुट्याइएको छ ।
प्रस्तुत् बजेटमध्ये संघीय सरकारबाट तीन अर्ब ३३ करोड ७८ लाख, गन्डकी प्रदेश सरकारबाट ४७ करोड ९६ लाख र आन्तरिक आयबाट दुई अर्ब ५० करोड २९ लाख जुटाउने उल्लेख छ ।
अपुग हुने ६८ करोड ५० लाख रुपैयाँका लागि वैदेशिक ऋण तथा अनुदानबाट १० करोड, जनसहभागिताबाट ३६ करोड ५० लाख र चालू आर्थिक वर्षको मौज्दातबाट २२ करोड रुपैयाँ व्यहोरिने उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्