६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


पदाधिकारी सिफारिस समितिको बैठकै बसेन


0
Shares

काठमाडौं, असार १० । संक्रमणकालीन न्याय निरुपणका लागि गठित सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न गठित सिफारिस समितिले दुई महिना बितिसक्दा पनि पदाधिकारी सिफारिस गर्न सकेको छैन ।

समितिले जेठ मसान्तसम्ममा पदाधिकारी सिफारिस गरिसक्ने भनिएपनि समितिको बैठकसमेत बस्न सकेको छैन ।

मानवअधिकारकर्मी चरण प्रसाईंले राजनीतिक भागबन्डा नमिलेकै कारण समितिले पदाधिकारी सिफारिस गर्न नसकेको बताए ।

संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउनका लागि उच्च राजनीतिक तहमा छलफल हुँदै आएपनि आशातित परिणाम भने निस्कन सकेको छैन ।