Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


ललितपुर महानगरद्वारा पाँच अर्ब १७ करोड ९६ लाखको बजेट सार्वजनिक


0
Shares

काठमाडौं, असार १० । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि पाँच अर्ब १७ करोड ९६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार आयोजित नगरसभामा मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षका लागि महानगरपालिको बजेट सार्वजनिक गरेका हुन् ।

उनले चालू आर्थिक वर्षको चार अर्ब ६० करोड ७२ लाख बजेटमध्ये जेठ मसान्तसम्म एक अर्ब ७५ करोड ६४ लाख खर्च भएको जानकारी दिए ।

महानगरपालिकाको नीति तथा कार्यक्रमसमेत सार्वजनिक गर्दै मेयर महर्जनले ‘ललितपुर नगर स्वस्थ समुन्नत साँस्कृतिक सहर’कारुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कुनैपनि जनप्रतिनिधिमाथि आँच नआउने परिस्थिति निर्माणमा सचेत रहन सुझाव दिए ।