बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिकामा भवन निर्माण आचारसंहिता लागु हुन सकेको छैन ।
नियमनका लागि नगरपालिकाले ठोस कदम नचाल्दा जग्गा पास नगराई धमाधम भवनहरु निर्माण भइरहेका छन् ।
बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार क्षेत्रमा अझै पनि पुरानै ढाँचामा भवन निर्माण भइरहेका छन् । जग्गा पास नगरिकनै धमाधम भवन निर्माण हुँदा बजार अव्यवस्थित हुने देखिएको हो ।
नियम विपरीत भवन निर्माण रोक्नका लागि नगरपालिकाले विभिन्न कानुनहरु बनाएको र यसको कार्यान्वयनमा लाग्ने ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीको भनाइ छ ।
दुई वर्ष बित्न लागिसक्दा पनि नगरपालिकाले भवन आचारसंहिता लागायतका विषयमा नीति निर्माण गर्न ढिलासुस्ती गरिरहेको छ ।
नगरपालिकाले जनताको चाहानाविपरीत कार्य गरेको बताउँदै बजार क्षेत्रलाई नगरपालिकाले व्यवस्थित बनाउन नसकेको स्थानीयको गुनासो छ ।
नगरपालिका भित्र कुनै योजना निर्माण गर्न थाले आफू निकटका स्थानीयहरुलाई समितिमा राख्ने गरिएको स्थानीय शेरमान घर्ती बताउँछन् ।
अहिलेसम्म भवन बनाउँदा बाटो, नालीलगायत अन्य विभिन्न विकासका पूर्वाधार बन्न सकेका छैनन् ।
नगरप्रमुखले नै नियमविपरीत ८ तले भवन बनाएकाले आचारसंहिता लागू गर्न आनाकानी गरिरहेको स्थानीयको आरोप छ ।








प्रतिक्रिया दिनुहोस्