१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


चितवन पूर्णखोप सुनिश्चित जिल्ला घोषित


0
Shares

चितवन, असार ३२ । चितवन जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

जिल्लामा १५ महिनासम्मका ७ हजार ५०९ बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि चितवनलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले एक कार्यक्रमकाबीच चितवनलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरेकी हुन् ।

घोषणासँगै राज्यमन्त्री अर्यालले जिल्ला समन्वय समिति र जिल्ला जनस्वास्थ्य कार्यालयलाई पूर्णखोप सुनिश्चित जिल्लाको प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

चितवनको भरतपुर महानगरपालिका पनि सोमबार नै पूर्णखोप सुनिश्चित महानगरपालिका घोषित भएको छ ।

चितवनको अरु नगरपालिका र गाँउपालिका यसअघि नै पूर्णखोप सुनिश्चित घोषणा भइसकेका थिए ।

सबै वडा हुँदै महानगरपालिका पूर्णखोप सुनिश्चित घोषणा भएसँगै समग्र जिल्ला नै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई पूर्णखोप सुनिश्चित महानगरपालिकाको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा उपस्थितहरुले जिल्लालाई पूर्णखोप सुनिश्चित कायम राख्ने प्रतिबद्धता जनाएका थिए ।