६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


प्रहरी समायोजन विधेयक प्रकृया अघि बढाउन सुझाव


0
Shares

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बिधेयकमाथि छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठमा सांसदहरुले प्रदेश प्रहरीको काम, कत्व्र्य र अधिकार तोकिनु पर्नेमा जोड दिए ।

सांसद नवराज सिलवालले समायोजन गर्न बनेको बिधेयक प्रकृया अगाडि बढाउन सुझाव दिए ।

सांसद रेखा शर्माले प्रदेश प्रहरीको संरचना नबनेको भन्दै प्रदेशको सुरक्षा अधिकार प्रदेश प्रहरीलाई दिनु पर्ने बताइन् ।

सांसदहरु दिलेन्द्रप्रसाद बडु, प्रेम सुवाललगायतले प्रदेश प्रहरी निर्माणको लागि पर्याप्त छलफल आवश्य रहेकोमा जोड दिए ।

बैठकमा गृह मन्त्री रामबहादुर थापाले प्रहरी ऐनलाई राजनीतिक ढंगबाट समाधान गर्न आवश्यक रहेकाले ऐन ल्याउन ढीलाई भएको बताए ।

उनले दरबन्दी निश्चित गर्ने गरी ऐनलाई अगाडि बढाइने पनि बताए ।