Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


अफ्रिका कप अफ नेसन्समा आईभरी कोष्ट र मालीले विजयी सुरुवात


0
Shares

काठमाडौं । अफ्रिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्समा आईभरी कोष्ट र मालीले विजयी सुरुवात गरेका छन् ।

इजिप्टमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा आइभरी कोष्टले दक्षिण अफ्रिकालाई १–० ले हराएको हो ।

आइभरी कोष्टका लागि जोनाथन कोड्याले निर्णायक गोल गरे ।

जितसँगै समूह ‘डी’ को आइभरी कोष्टले ३ अंक जोड्दै तालिकामा अग्रता लिएको छ । समुहको अर्को टोली मोरक्कोको पनि ३ अंक नै रहेको छ ।

अफ्रिका कप अफ नेसन्सकै अर्को खेलमा मालीले मउरितानियालाई ४–१ ले हराउँदा ट्युनिसिया र एंगोलाले १–१ गोलको बराबरी खेलेका छन् ।