६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


सुनकोशीमा कार खस्दा एकै परिवारका दुई जनाको मृत्यु


0
Shares

सिन्धुली, असार १० । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा गएराति सुनकोशी नदी किनारमा कार खस्दा एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौं, नयाँबानेश्वरकी ४५ वर्षीया हेमा लामिछाने र ६० वर्षीय अच्युत लामिछाने छन् ।

घाइते भएका कार चालक ५८ वर्षीय दिपक लामिछाने र २६ वर्षीया आस्था लामिछानेको स्थानीय अस्पताल रातामाटामा उपचार भइरहेको छ ।

खोटाङको हलेसी महादेव दर्शन गरी काठमाडौं फर्किदै गरेको बा१३च ३७९३ नम्बरको कार गएराति २ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर खसेको थियो ।