Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा


0
Shares

काठमाडौं । साविक विजेता अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा स्पेनलाई २–१ गोल अन्तरले पराजित गर्दै अमेरिका क्वाटरफाइनलमा पुगेको हो ।

अमेरिकालाई जित दिलाउन मेगान रापिनोएले पेनाल्टीमार्फत दुई गोल गरिन् ।

स्पेनकि जेनिफर हेर्मोसोले एक गोल फर्काइन । अब क्वाटरफाइनलमा अमेरिकाले आयोजक फ्रान्ससँग खेल्नेछ ।

उता, क्यानडालाई १–० ले हराउँदै स्वीडेन पनि प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्वीडेनले अब सेमिफाइनल प्रवेशका लागि अर्को युरोपियन प्रतिद्वन्द्वी जर्मनीसँग खेल्नेछ ।