
काठमाडौं, असार ९ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी गाडीको दुरुपयोग रोक्न ‘ट्रयाकिङ’ प्रणालीको तयारी भइरहेको बताएका छन् ।
सोमबार राजधानीमा ‘इ–ट्रान्सपोर्टेसन सर्भिस’को उद्घाटन गर्दै मन्त्री पण्डितले सरकारी गाडीको दुरुपयोग भइरहेको समाचार आइरहेकाले त्यसलाई रोक्न सरकारले गृहकार्य गरिरहेको बताए ।
सरकार ‘इ–गभर्नेन्स’मा छिटो जान चाहेको भन्दै निजी क्षेत्रबाट भइरहेको पहलको पनि स्वागत गरिने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्