
काठमाडौं, असार ९ । सोमबार पुँजीबजारमा सामान्य सुधार आयो ।
आइतबार दोहोरो अंकले झरेको नेप्से सोमबार भने पौने ६ अंंकले सुधारियो । सेयरबजार परिसूचक नेप्से १२ सय ६० विन्दुमा पुग्यो ।
कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से सच्चिएको हो ।
यसदिन होटल समूह सबैभन्दा उच्च २६ अंकले उक्लियो । लघुवित्त समूह १७ अंकले बढ्दा वाणिज्य बैंक समूहमा पनि ४ अंकको सुधार आयो ।
यसदिन १७३ कम्पनीका १५ लाख कित्ता सेयर ४८ करोड १४ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्