काठमाडौं, असार ९ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टको चारवर्षे कार्यकाल सोमबार सकिएको छ ।
२०७२ साल असार ९ गते सदस्यसचिवमा नियुक्त विष्टको कार्यकाल सकिएपनि सरकारले अर्को सदस्यसचिव नियुक्त गरेको छैन ।
आफ्नो कार्यकालमा दुईपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गराउनुलाई सबैभन्दा ठूलो सफलता भएको भन्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता विष्टले पार्टीले चाहेमा आफू पुनः सदस्यसचिव बन्न इच्छुक रहेको बताए ।
नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तक्षेप गरेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)बाट क्यानलाई निलम्बनमा पार्नु विष्टको सबैभन्दा ठूलो कमजोरी भएपनि विष्टले त्यसलाई स्वीकार भने गरेका छैनन् ।
विष्टको चारवर्षे कार्यकालबाट बिदाइसँगै नेकपानिकट दाबेदारहरुको कुर्सी हत्याउने खेल चलिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्