८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


प्रहरी भन्छ–‘काठमाडौंमा युवतीहरुमाथि सिरिन्ज आक्रमण होइन’


0
Shares

काठमाडौं, असार ९ । राजधानीका विभिन्न स्थानमा गत महिना रातको समयमा अज्ञात व्यक्तिहरुले युवतीहरुमाथि तीखो वस्तुले घोच्ने गरेको पाइएपछि प्रहरीले ‘सर्च’ अभियान सुरु गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होमेन्द्र बोगटीले घटनास्थलको सीसीटीभी फुटेज हेर्दा मोटरसाइकलमा आउने व्यक्तिले युवतीहरुमाथि आक्रमण गरेको देखिएको भन्दै ‘सिरिन्ज’ नभएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

यद्यपि, उनले सबैलाई सचेत रहन भने आग्रह गरे ।

राजधानीका पकानाजोल, स्वयम्भू र ढल्कोमा रातको समयमा मोटरसाइकलमा आएका व्यक्तिहरुले युवतीमाथि तीखो वस्तुले घोचेर भाग्ने गरेको घटना सार्वजकि भएको थियो ।