Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


संसद भवनअगाडिबाट कृष्ण पहाडीसहित दुई दर्जन अधिकारकर्मी बढी गिरफ्तार


0
Shares

काठमाडौं, असार ३२ । प्रहरीले संसद भवन नयाँबानेश्वरअगाडिबाट सोमबार कृष्ण पहाडीसहित दुई दर्जनभन्दा बढी अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।

सरकारले स्वतन्त्रताविरोधी गतिविधि गरिरहेको भन्दै मानवअधिकार तथा शान्ति समाजले सोमबार नयाँबानेश्वरमा गरेको प्रदर्शनबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाइँलगायतका अधिकारकर्मीहरु गिरफ्तारीमा परेका हुन् । उनीहरुलाई गरी महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ ।

धर्नामा अधिकारकर्मीहरुले ‘सत्याग्रहीको जीवनरक्षा गर’, ‘स्वतन्त्रताविरोधी निर्णय खारेज गर’, ‘स्वेच्छाचारी गतिविधि बन्द गर’, ‘शिक्षामा माफिया चलखेल अन्त्य गर’, ‘स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर’, ‘अपराधीलाई संरक्षण बन्द गर’लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रूर बन्दै गएको भन्दै मानवअधिकार तथा शान्ति समाजले निरन्तर प्रदर्शन गर्दै आएको छ ।