८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


अविरल वर्षाका कारण बाँकेका विभिन्न गाउँ डुवानमा(भिडियो)


0
Shares

नेपालगञ्ज । अविरल वर्षाका कारण बाँकेका विभिन्न गाउँ डुवानमा परेका छन् ।

विगतका वर्षभन्दा १३ दिन ढिला गरी सुरु भएको मनसुनसँग शनिबारदेखि परेको भीषण वर्षाले बाँकेको नरैनापुरका चार वडाका साथै नेपालगन्ज उपमहानगरपालिकाका केही क्षेत्रमा डुबानमा परेका हुन् ।

जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका निमित्त प्रमुख पलबहादुर बिकले बाँकेमा लगातार ११ घण्टासम्म १ सय ६० मिलिलिटर वर्षा भएको जानकारी दिए ।

भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै अग्लो संरचनाको सडकका कारण पानीको निकास नभएपछि नरैनापुर गाउँपालिकाका १ को बनियाँगाउँ, २ को रोशनपुर, ३ को बालापुर र ४ को घोडदौडिया क्षेत्रका केही घर डुबानमा परेको गाउँपालिकाका प्रमुख प्रशासनकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

यहाँका अधिकांश घरभित्र पानी पसेको छ । बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले डुबान क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको बताए ।