रोपेको धान पसाउँदासम्म उदयपुरका किसानले मल पाएनन् • Image Khabar Image Khabar


रोपेको धान पसाउँदासम्म उदयपुरका किसानले मल पाएनन्


Imagekhabar
२१ भाद्र २०७७, आईतवार १३:०१

रोपेको धान पसाउँदासम्म उदयपुरका किसानले मल पाएनन्

उदयपुर । उदयपुरमा पनि मलको अभाव भएको छ । धान रोप्दासमेत मल नपाएका यहाँका किसानहरुले गोडमेल सक्दा समेत मल पाउन सकेका छैनन् ।

मल नहुँदा पसाउन लागेको धान पहेलो हुन थालेको छ । उदयपुरमा मल बितरणको जिम्मा पाएको कृषि सामाग्री कम्पनि लिमिटेडले लकडाउनका कारण रासायनिक मल उपलब्ध गराउन नसकेको जनाएको छ ।

असारको अन्तिम साता रोपाइ सकेका किसानले भदौ दोस्रो साता गोडमेल गरिसकेका छन ।

उदयपुरको १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफल मध्ये ८० प्रतिशत जमिनमा रसायनिक मल प्रयोग गर्ने गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नरनाथ रेग्मिले बताउनुभयो ।

बैदेशिक रोजगार तथा आन्तरिक रोजगारीमै रहेका पनि घर फर्कीएको अवस्थामा खर्च बढेको छ । यस्तो अवस्थामा धानको उत्पादन पनि घट्ने भएपछि किसान चिन्तित बनेका छन ।

उदयपुरमा मात्र २० हजार टन मलको माग रहेको छ । तर, अहिले सम्म जम्मा ४ हजार टन मात्र मल आएको कृषि सामाग्री कम्पनि उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्