
-सागर महत/ईमेज
अर्घाखाँची । अर्घाखाँचीका ६ वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार लागू भएपछि १३ सय ८ जनाले रोजगारी पाएका छन् ।
अहिलेका लागि एक महिनाको काम पाएका उनीहरुले अब वर्षेभरी काम पाउनुपर्ने माग गरेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अर्घाखाँचीका सबै स्थानीय तहमा लागु गरिएको छ ।
सन्धिखर्क नगरपालिकामा २ सय ३५ जना, सितगंगा नगरपालिकामा २ सय ७५ जना, छत्रदेव गाउँपालिकामा २ सय जना, पाणिनी गाउँपालिकामा १ सय ३५ जना, मलारानी गाउँपालिकामा १ सय ७२ जना र भुमिकास्थान नगरपालिकामा २ सय ९१ जना गरी जिल्लाका ६ वटा स्थानीय तहका १३ सय ८ जनाले काम पाएका छन ।
उनीलाई मोटरबाटो खन्ने, कुलो निर्माण गर्ने, सरसफाइ गर्नेलगायतका काम लगाइएको छ । उनीहरुको कामको अनुगमन गर्नको लागि एक जना सुपरभाइजरसमेत नियुक्ती गरिएको छ ।
रोजगारी पाएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । रोजगारीका लागि भारत जाने गरेका मालारानी गाउँपालिका, बाँगीका कृष्ण केसीे गाउँघरमै रोजगार पाउँदा खुसी छन् ।
धेरैजसो मानिसहरु विदेशमा गरिरहेका काम स्वदेशमा गर्न भने हिच्किचाउने गर्छन् ।
तर आफ्नै गाउँमा रोजगारी पाउँदा निकै उत्साहित भएको सन्धिखर्क नगरपालिकाकी पार्वता बन बताउँछन् ।
पहिले यो कार्यक्रम लागु हुनेमा धेरैले शंका गरे पनि अहिले लागू भएपछि भने खुसी भएको मालारानी गाउँपालिकाका रोजगार संयोजक महेश भुसालको भनाइ छ ।
एक महिनाका लागि दिइएको रोजगार कार्यक्रमलाई दीर्घकालीन रुपमा निरन्तरता दिन सके धेरै लाभान्वित हुने थिए ।
प्रतिक्रिया दिनुहोस्