ओलम्पियनको कोरोना बिमा गरिने • Image Khabar Image Khabar


ओलम्पियनको कोरोना बिमा गरिने


Imagekhabar
२० भाद्र २०७७, शनिबार २०:३८

ओलम्पियनको कोरोना बिमा गरिने

काठमाडौं, भदौ २० । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बिमा गर्ने भएको छ ।

कमिटीको शनिबार बसेको भर्चुअल बैठकमा ओलम्पिक खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरिएको हो ।

बैठकले ओलम्पियनसँगै हाल ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटीका सदस्य तथा कर्मचारीकोसमेत कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा अन्य तीन कर्मचारी कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएको जानकारी गराइएको थियो ।

केही दिनअघि कोरोनाबाट संक्रमित हुनुभएका ओलम्पियन जीतबहादुर केसीको स्वास्थ्यलाभकोसमेत कामना गरिएको कमिटीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्