Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


एक सय १६ वटा कार्यक्रम गर्दै ओलम्पिक डे नेपालमा पनि मनाइयो


0
Shares

काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीले हरेक बर्ष जस्तै यसपटक पनि जुन २३ तारिखको अवसर पारेर विश्व ओलम्पिक डे मनाएको छ ।

‘सबैका लागि खेलकुद’ भन्ने अवधारणाका साथ विश्वका २०७ वटै देशमा ओलम्पिक डेलाई ‘हिँड, सिक र पत्ता लगाउ’ भन्ने अवधारणाका साथ उत्सवका रुपमा मनाउने गरिन्छ ।

यसै क्रममा एनओसीले १५ जुनदेखि २३ जुनसम्म गरी ९ दिन देशभर विभिन्न कार्यक्रम गरी ओलम्पिक डे मनाएको छ ।

ओलम्पिक डेका अवसरमा एक सय १६ वटा खेलकुद कार्यक्रम भएको र २० हजार बढीको सहभागीता भएको एनओसीले जनाएको छ ।

नेपाल ओलम्पिक कमिटीअन्तर्गत रहेको स्पोर्टस फर अलले ओलम्पिक डे को कार्यक्रम संयोजन गरेको हो ।

एनओसीले साइक्लिङ, ह्यान्डबल, भलिबल, स्क्वास, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, एथलेटिक्स, जुडो, कवड्डी, साम्बो, पेन्टाथलन, ट्राइथलन, पौडी, टेनिस, फुटबल, तेक्वान्दो, भारत्तोलन, बक्सिङ, फेन्सिङ, बेसबल एन्ड सफ्ट बल लगायतका संघहरुले समेत विभिन्न कार्यक्रम गरेको जनाएको छ ।

त्यस्तै विभिन्न विद्यालयले पनि सक्रिय सहभागीता जनाएको एनओसीले जनाएको छ ।