
-केदार कटवाल/ ईमेज
उदयपुर । प्रदेश नं १ को सुन्दर ब्यबस्थित सहर मध्येको गाइघाट हिजोआज कुरुप बन्दै गएको छ । सडक विस्तार समयमै हुन नसक्दा गाईघाटको सुन्दरतामा कमी आउँन थालेको हो ।
मुख्य सडक र ब्यस्त बजारको रुपमा रहेको त्रियुगा बसपार्क देखि गोल चोकसम्मको सडक निर्माणमा बर्षौ बित्दा पनि सम्पन्न हुन नसक्दा सदरमुकाम गाइघाट कुरुप बनेको हो ।
त्रियुगा नगरपालिका ११ र १२ मा पर्ने मुख्य शहर क्षेत्र सडक, ढल र सडक बत्ती निर्माणका लागि सूर्य कन्ट्रक्सन कम्पनीले दुई बर्षअघि निर्माणको जिम्मा पाएको हो ।
त्रियुगा नगरपालिका र गाइघाट दिक्तेल सडक आयोजना कार्यालयको उदासिनताले २०७५ जेष्ट २४ मा सम्पन्न हुनु पर्नेमा एकबर्ष म्याद थपिदा समेत ६० प्रतिशत काम पनि पूरा हुन सकेको छैन ।
त्रियुगा पुलदेखि गोल चोकसम्म ९ सय ४० मिटर सडक, ढल र सडक बत्तीकोको लागि ९ करोड ९८ लाख ८४ हजार ६ सय ११को लागतमा २०७४साल जेठमा संझौता भएको साइड ईन्जिनियर प्रबीण चौधरीले बताए ।
गाइघाटको मुख्य बजार क्षेत्रको निर्माण कार्यलाई समय सिमा भित्रै सक्न स्थानिय, व्यापारी, ब्याबसायीले बन्द, हड्ताल र दबाब दिदै आएका छन् ।
निर्माण पक्ष र स्थानीय बिच नगरपालिकाको मध्यस्ततामा संझौता बाहेक केही नपाएको स्थानियको गुनासो छ ।
बर्षेनी हिउँदमा धुलो र बर्षादमा हिलोबाट आजित भएको ब्यापारीहरु बताउछन ।
दोस्रो पटकको म्याद सकिनु अगावै काम सम्पन्न नभए कडा आन्दोलन गरिने त्रियुगा उद्योग बाणिज्य संघ गाइघाटका एक सदस्यले बताए।
प्रतिक्रिया दिनुहोस्